साझको बेला थियो । करीब ६:३० बज्न लागेको थियो होला । म काठमाडौंबाट धुलिखेलको गाडी कुरिरहेको थिए । काठमाडौंको त्यो अस्तबेस्त भिड र धुलोधुवालाई निहाल्दै म गाडीको प्रतिक्षामा थिए । कोठा गएर कलेजमा दिएको त्यो असाइनमेन्ट नि गर्नु थियो । बानेश्वर हुँदै तिन्कुने तिरबाट आएको एउटा मयुर यातायात मैले टाडैबाट देखे । त्यो गाडी मेरै अगाडि आएर रोकियो । म हस्याङ फस्याङ गदै भिडहरुलाई धकेल्दै गाडी भित्र चढे र गाडीको पछाडि गए बसे। पछाडी एउटा सिट खाली रहिछ म त्यहा गएर बसिहाले । गाडी कोटेस्वोर जाम हुँदै पेप्सीकोला तिर गुड्दै थियो । एकजना लोग्ने मान्छे गाडीमा चडेको मैले आभास गरे । त्यो लोग्ने मान्छे कारीब ४५-५५ को उमेरको मान्छे मेरै नजिक आएर उभियो । मैले त्यो मान्छेलाई तल देखी माथि सम्मा हेरे । लुगा भरी माटोको धुलो र पसिनाको गन्ध मेरो नाकमा आएर ठोकियो । काम गरेर फुटेका ति हात देख्दा मेरै बाबाको याद आयो जस्ले मलाई भाबबिहोल बनाइ दियो । मैले त्यो मान्छेलाई निहालेर हेरी रहे । उस्लाई हेरी रहदा मेरो र त्यो मान्छेको आँखा जुध्न पुग्यो उस्लाई केही असहज भएको मैले अनुभब गरे । गाडी भरी नयाँ नयाँ र राम्ररा लुगा लगाएका मानिसहरु बिच उस्लाई केही असहाज त भइ रहेको मैले मन मनै अनुभब गरे । थाकेको त्यो शरीर माथि एउटा थोत्रे झोला भिरेर मेरै अगाडि उठी रहेको देख्दा मलाई असहाज लाग्यो । म उठेर त्यो मान्छेलाई बस्नदिने मन त नभएको थिएन तर मेरो छेउमा सफा लुगा लगाए बसेको एक युबक थिए । यती मैले बस्न दिए पछी त्यस युबकले केही नराम्रो त भन्दैनन , केही उस्को बारेमा नराम्रो त सोच्दैनन भन्ने मेरो मनमा लाग्यो । गाडीमा भएका सब मनिसले एक एक गरी त्यो ४५-५५ बर्षको लोग्नेलाई हेर्न थाले र उनिहरु अनुहारमा त्यस युबक प्रती केही नकरात्माक सोच झल्कीएको मैले प्रस्ट उनिहरुको अनुहारको भाबले मैले बुझे । कतीले त जडिया कतीले माग्ने पनि सोचे होला । सायद त्यो मेहनतको पसिलाको गन्ध मैले मात्र भुझे होला जुन बारम्बार मेरो नाकमा आहीरहेको थियो । मलाई त्यस पसिनाको गन्ध देखी घिन छि छि लागेको थिएन सायद किसानको छोरा भएर त्यस पसिना र माटोको गन्धको अर्थ मैले मात्र भुझेको थिए होला । त्यस पसिना र माटोको गन्धले कता कता मेरो बाबाको सम्झना आही रहेको थियो । त्यस मान्छेलाई निहाल्ने क्रममा अचानक मेरो आँखा उस्ले बोकेको त्यस पुरानो झोलामा पुग्यो । झोलामा रहेको त्यो सब्जीको पोका र केही ७-८ वटा चक्लेट देख्दा मेरो मन झन भाबबिहोल बनाइ दियो । सायद यती खुशी त्यो मङ्गा मङ्गा लुगा कपडाले नि दीदैन होला जती खुशी उस्को बुडी र छोरा छोरीले पाउनेछन् । -Darpan Ghimire.