मिति :- 2079/06/07 आएको थिए एकलै , अन्जान अनि अनौठो ठाउमा पढ्नलाइ अनि केही गर्ने आठोटको साथमा । भिन्न ठाउँ भिन्न हावा पानी अनि भिन्न सेरोफेरो । नयाँ कोठा जोडिदै गएकेही नयाँ सामान अनि समय सङै जोडिदै गए केही प्यारा साथीहरु नि । छेउकै कोठा बाट बनेको साथी अनि खाजा खादै गरेको बेला बोलेको अर्को कोठाको साथि । अनि बिस्तारै जोडिदै गएका केही नयाँ अनुहार अनि नया परिचय , उहीँ अरु मेरा साथिहरु । सुरुमा बोल्न अलिक हिच्किचाउने हामी आज " मुजि " शब्द नजोडी बोल्न नसक्ने भएका छुम । चिया खान जुमि मु*, आउ न मु* , हाहाहाहा ...... अनि धेरै अपसब्द । यस्तै सङ जोडिदै गएका ती माया अनि आत्मियता । २००-४०० रुपैयाँ सापटी देखि जोडिएका एक अर्का प्रतिको आत्मा बिस्वास । घुम्न गएका केही रमाइला पलहरु अनि कैद गर्दै गएका केही आकृती स्वोरुप ती तस्वीरहरु । तेहि तस्वीर हेर्दै आज कल्पना गर्छु । तिमिहरु यहाँ नभएको भए येति रमाइले अनि यति छोटो समयमा यति धेरै माया हुँदै थियो होला । पुराना तस्बिर हेर्दै " हेर्न यो मुजि त अस्ति सम्म यस्तो थियो " भन्दै उडाएका मजाक । अनि म नि आफै बिचा गर्छु साचै हो रहिछ यो मुजिको त दारी पनि आएको रहिनछ । सम्जिन्छु अनि खुसी लग्छ कति धेरै रमाइला पल हरु कट्दै आएछुम । निकै खुसी लग्छ येति धेरै समय बिताउन पाइम अनि फेरि दु:ख लग्छ अब सङगै बस्ने अनि रमालो गर्ने समय पनि त घट्दै जाँदै छ । यति लामो समय अनि एक अर्का सङ रिसाएका केही पल हरु । ४-५ दिनको त्यो चुप अनि रक्सी खादै निकालेर भत्काएका त्यो एक अर्का बिचको पर्खाल । केही तस्वीर अनि मनमा हजारौं याद , अकल्पनिय माया अनि फेरि भेट्ने बाचाका साथ बिदा लिने दिन सम्झिदा पनि काहाली लग्दो लग्छ मु*हरु ।।।।। यस्को त छ महिना अगाडि नै सकिन्छ यार क्या मोज , सकाउनु छैन मलाइ चाडै । बिताउनु छ अझै केही रमाइला पलहरु अनि केही याद बटुल्नु छ । अझै रमाउनु छ , अझै हास्नु छ अझै अझै अझै ........ हामी छुट्टीने दिन आइसक्यो जस्तो लग्छ । समय नि कति छिटो चल्दो रहेछ अनि तेति नै छिटो यो सम्बन्ध नि गासिएको रहेछ । छुटिने दिन नि नजिकिदै छ । अब अलिकती समय तिमिहरु सङ बिताउनुछ ।। अलिकती यार मु*हरु ।।।।। -Darpan Ghimire